कोरोना जित्ने बढ्दै, एकैदिन ८ हजार ८४८ जना संक्रमणमुक्त

नेपालमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो संख्या एकैदिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार ७ हजार ८९० जना संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१९ हजार ३५७ पीसीआर परीक्षणमा ८ हजार ५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।

 


८ जेठ २०७८, शनिवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु