सुनको मूल्य घट्यो, चाँदीको यथावत
आज सुनको मूल्य घटेको छ भने चाँदीको यथावत रहेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
२९ वैशाख २०७८, बुधवार ११:५० बजे प्रकाशित












