भारतसहित पाँच देशको भाइरस जटिल प्रकारको, खोपको प्रभावकाकारीता पनि कम
भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।
डब्लुएचओका प्राविधिक प्रमुखले अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताएका छन् । उनले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताएका छन् ।
भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचआले जनाएको छ । यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई पनि डब्लुएचओले उस्तै प्रकारले वर्गीकरण गरेको जनाएको छ ।
२९ वैशाख २०७८, बुधवार १२:०२ बजे प्रकाशित












