कोरोना संक्रमणबाट कैलालीमा एक शिक्षिकाको मृत्यु
कोरोना संक्रमणबाट कैलालीको अत्तरियाकी एक शिक्षिकाको मृत्यु भएको छ ।
अत्तरियामा रहेको लोटसआई माध्यामिक विद्यालयकी शिक्षिका गोदावरी नगरपालिका वडा नं १ अत्तरियाकी मिना पालको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि अत्तरियाकै मालाखेती अस्पतालमा भर्ना भएकी उनलाई त्यहाँबाट माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । परिवारकाअनुसार उनी उनी थाइराडबाट पनि ग्रसित थिइन् ।
२९ वैशाख २०७८, बुधवार ११:२० बजे प्रकाशित












