सञ्चारमन्त्रीद्वारा सांसद चौलगाईंलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण
नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
बुधवार बिहान मन्त्री गुरुङले मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।
पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिने छ ।
मंगलवार राति कोरोना संक्रमणबाट नेता चौलागाईंको निधन भएको थियो । नेकपा एमाले पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा (२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेता चौलागाईं विक्रम संवत् २०५६ सालको निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनी २०७० सालको संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका थिए ।
२९ वैशाख २०७८, बुधवार १०:२५ बजे प्रकाशित












