ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ३५ वर्षीय मीन ठकुल्लाको मृत्यु भएको हो ।

मंगलबार राति घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ४ ख ८९४० नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको से ५ प २२९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ।  

मोटरसाइकल चालक ठकुल्लाको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तैगरि ट्रक चालक चुरे गाउँपालिका वडा नम्बर ६ फल्टुडे बस्ने ३३ वर्षीय चेतबहादुरलाई इलाका प्रहरीकार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ। 
 


२९ वैशाख २०७८, बुधवार ०८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु