सुदूरपश्चिम प्रदेश उपसभामुखलाई कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेश उपसभामुख निर्मला बडाल जोशीलाई कोरोना संक्रमण देखिएको छ। उनले स्वास्थ्यमा सामान्य समस्या देखिएपछि चेकजाँच गराउँदा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो।
बडालको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। यसैबीच आफुसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सतर्कता अपनाउन समेत उनले अनुरोध गरेकी छन्।


२९ वैशाख २०७८, बुधवार १०:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु