एसईई र कक्षा १२ को परीक्षा स्थगित
माध्यामिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ। कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डको सोमबार बिहान बसेको बैठकले दुवै तहको परीक्षा स्थागित गर्ने निर्णय गरेको जानकारी दिइएको छ।
एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने तयारी थियो। परीक्षा तालिका प्रकाशित भइसकेको थियो।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
२७ वैशाख २०७८, सोमवार ११:०१ बजे प्रकाशित












