सुनको मूल्य निरन्तर बढ्दै

केही दिनदेखि सुनको मूल्य उकालो लागिरहेको छ । सुन आज पनि तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पुगेको छ ।

सुन हिजो प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि दै्रनिक रुपमा बढिरहेको छ । चाँदी आज पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ६० पुगेको छ ।

चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


२७ वैशाख २०७८, सोमवार ११:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु