सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४९३ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एक हजार ३२ नमुना परीक्षण गर्दा ४९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै ३०३ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १८३ जना र अन्य जिल्लाका सात जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
उनकाअनुसार हाल अस्पतालमा ६० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये तीन जना भेन्टिलेटरमा, १८ जना आइसीयूमा, ३२ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट थप २१ जना संक्रमित भर्ना भएका छन् भने एक जना निको भई घर फर्किएका छन्
२५ वैशाख २०७८, शनिवार १८:०७ बजे प्रकाशित












