पछिल्लो २४ घण्टामा कैलालीमा ९ जना संक्रमितको मृत्यु

कोरोना संक्रमणमाबाट पछिल्लो २४ घण्टामा कैलालीमा ९ जना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालसहित निजी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कौलालीले जनाएको छ ।

मृत्यु भएकोमध्ये पाँच जना धनगढी उपमहानगरपालिका भित्रका छन् । बाँकी बर्दगोरिया गाउँपालिकाका दुई जना, लम्कीचुहा नगरपालिकाका एक जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीकाका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनकाअनुसार धनगढी उपमहानगरपालिकामा वडा नम्बर १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै बर्दगोरिया गाउँपालिका–२ का ५७ वर्षीय पुरुष र वडा नम्बर ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको छ ।


२५ वैशाख २०७८, शनिवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु