सुदूर पहाडका अस्पतालमा थन्किएका भेन्टिलेटर फिर्ता माग्दै प्रदेश सरकार

सुदूरपश्चिमका पहाडी जिल्ला अस्पतालमा सञ्चालन हुन नसकी थन्किएका भेन्टिलेटर फिर्ता मागिएको छ। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले पहाडी जिल्लामा जनशक्तीको अभावमा संचालन हुन नसकेका भेन्टिलेटर फिर्ता मागेको हो ।

कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ।

‘हामीले ६ जिल्ला अस्पतालमा चालु अवस्थामा नरहेको भेन्टिलेर मागेका हौं। ती मध्ये ४ जिल्ला अस्पतालले दिन्छौं भनेका छन्। तर अहिलेसम्म आएका छैनन्’ सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने।

हामीले तालिम दिएर पठाएका जनशक्तीहरुले केहिले छोडेको र केहिले काम गर्न नसक्ने बताएकाले ति भेन्टिलेटर फिर्ता मागेका हौं । जहां जनशक्ती छ त्याहा ल्याएर जनताको ज्यान त बचाउनु पर्यो  उनले भने । फिर्ता आएका भेन्टिलेटरलाई सेती प्रादेशिक अस्पतालमा जडान गरिने र पहाडी जिल्लामा अर्को व्यवस्था गर्ने उनले बताए।

कोरोनाको पहिलो भेरियन्ट चलिरहदा पहाडका ६ जिल्ला अस्पताललाई १०/१० बेडको आइसियू र २/२ वटा भेन्टिलेटर मन्त्रालयले दिएको थियो।

जस अन्तरगत प्रदेशका दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र बाजुराका जिल्ला अस्पताल रहेका छ्न । अहिले दार्चुलामा बाहेक अन्य जिल्लामा जनशक्ति अभावमा ती सबै थन्किएका छन्।

हाल सेती प्रादेशिक अस्पतालमा १०, टीकापुर अस्पतालमा ७, महाकाली अस्पतालमा ६ र डडेल्धुरा अस्पतालमा ६ ओटा भेन्टिलेटर सुचारु अवस्थामा छन्।


२५ वैशाख २०७८, शनिवार १४:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु