आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुखको अक्सिजन नपाएर मृत्यु

सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणपछि अस्पतालको आइसीयूमा रहेका महाकाली नगरपालिकाका जिल्ला आयुर्वेदिक शाखाका प्रमुख लोकेन्द्र जोशीको मृत्यु भएको हो । जोशीको आज बिहान सवा ८ बजे अक्सिजन नपाएर मृत्यु भएको आफन्तले बताए ।

दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ का स्थायी बासिन्दा जोशीका श्रीमती, एक छोरा र एक छोरी छन्। झापामा भेन्टिलेटर भएको जानकारी पाएपछि परिवारले आज हेलिकोप्टरबाट झापा लैजाने तयारी गरेको थियो ।


२५ वैशाख २०७८, शनिवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु