पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैय्याको आइसोलेसन निर्माण गर्दै

डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैय्याको आइसोलेसन कक्ष निर्माण कार्य थालेको छ । गाउँपालिकाले साना गाँउमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आइसोलेसन बनाउने थालेको हो ।

२० गते बसेको कार्यपालिका बैठकबाट अक्सिजन सहितको ३५ बेड क्षमताको आइसोलेसन कक्ष बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए।

अहिले आइसोलेसनमा अस्पतालमा प्रयोग हुने ३५ वटा बेडहरू ल्याइ सकेको बताए र अक्सिजन सिलिण्डर राख्नका लागि आपुर्ती कर्तासँग समन्वय बोगटीले बताए । आइसोलेसनमा एक जना एम.वि.वि.एस.चिकित्सक र दुई जना स्टाफ नर्स रहने उनले जानकारी दिए ।

गाउँपालिकाले आफू संग रहेका २ वटा बसहरूलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रूपमा प्रयोग गर्ने जनाएको छ ।

 


२५ वैशाख २०७८, शनिवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु