बाँकेमा लकडाउन घोषणा, विद्यालयमा देखियो संक्रमण
बाँके, वैशाख ७
बाँकेमा कोरोना संक्रमण तीब्र बनेपछि यही वैशाख ९ गतेदेखि लागू हुने गरेर ९ दिनका लागि लकडाउन घोषणा गर्ने निर्णय भएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।
यस्तै, बागलुङको जनताधन माविका थप ३९ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा उक्तमा कोरोना पोजेटिभ देखिएको हो ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिएका छन् ।
संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको जानकारी दिए। शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भए पछि आईतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठन पाठन बन्द गरीएको छ ।
७ वैशाख २०७८, मंगलवार १८:४१ बजे प्रकाशित












