कैलाली र कञ्चनपुरमा ७२ जनाको नमुना परीक्षण : १५ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली र कञ्चनपुरमा सोमबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीमा १२ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ७२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीको धनगढीका ४ जना, जोशीपुरका तिन जना, जानकी गाउँपालिकाका एक जना,गोदावरी नगरपालिकाका २ टिकापुरका २ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी गराए ।

कञ्चनपुरको भिमदत्त नगरपालिका २ जना र कृष्णपुर नगरपालिकाका एक जनामा समेत संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।


३० चैत २०७७, सोमवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु