झोलुङ्गे पुलको उद्घाटन
झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। कैलालीको गौरीगंगा नगरपालिकाको वडा नम्बर ९ जरही कटान र शान्तिपुर गाउँ जोड्ने झोलुङ्गे पुलको नगर प्रमुख भीम बहादुर देउवाले उद्घाटन गरेका हुन्।
नगरपालिकाको ५५ लाख ७५ हजार ३ सयको लागतमा निर्माण गरिएको उक्त पुलमा सुदूरपश्चिम सामुदायिक मञ्चको सामाजिक तथा प्राविधिक सहयोगमा रहेको बताइएको छ। कटैनी खोलामा झोलुङ्गे पुल बनेसंगै ७२ घर परिवार लाभान्वित हुने र स्थानीयबासीलाई मेलापात तथा आवत जावत गर्न सहज हुने भएको जनाइएको छ ।
गाउँका योजनाहरु माग गर्दा झोलुङ्गे पुल जहिल्यै पहिलो प्राथमिकतामा रहिआएको हुँदा सो पुल निर्माणमा विशेष जोड दिइएको बताइएको छ।
३० चैत २०७७, सोमवार १६:०५ बजे प्रकाशित












