कञ्चनपुरमा कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु
सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै पहिलो कञ्चनपुरमा कोरोना संक्रमित ४५ बषिया पुरुषको संक्रमितको मृत्यु भएको छ । मंगलवार राति जिल्लाको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका वडा नम्बर १५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको
हो ।
अस्पताललाई उदृत गर्दै संक्रमितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए ।
मृतक पुरुष २२ गते भारतको गुजरातबाट फर्किएका थिए। मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने प्रहरी नायब उपरीक्षक थापाले जानकारी गराए ।
२५ चैत २०७७, बुधवार १३:०९ बजे प्रकाशित












