अटो र स्कुटर ठोकिदा कैलालीमा २ जना घाइते

कैलालीमा अटो रिक्सा र स्कुटर एकआपसमा ठोक्किएका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ मा टीकापुरबाट लायकपुरतर्फ जादै गरेको भे १ स ७६४७ को इ अटो रिक्सा र विपरीत दिशाबाट आइरहेको भे १ प७९५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर स्कुटर चालक जानकी गाउँपालिका–८ बन्दीपुर बस्ने २३ वर्षीय तिलक खनाल र पछाडी सवार सोही ठाउँका २६ वर्षीय कमलेश थापा रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

उनीहरुलाई टीकापुरमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

अटो रिक्सा र चालक जानकी गाउँपालिका–३ बस्ने ३२ वर्षीय दीपक घिमिरेलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ। 
 


२५ चैत २०७७, बुधवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु