देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार देशभर थप २६० जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।

त्यसैगरी देशभर थप ११३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७३ हजार ४५५ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा हालसम्म तीन हजार ३६ जनाले कोरोनाका कारण मृत्यु भइरकेको छ ।
हाल नेपालमा १९ सय ७९ जना आइशोलेशन र ६९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ९४ हजार ६७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


२४ चैत २०७७, मंगलवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु