लागु औषधसहित कञ्चनपुरमा २ युवायुवती पक्राउ

लागु औषधसहित कञ्चनपुरमा २ जना युवायुवती लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाट सोमबार २ जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बजार क्षेत्रबाट १९ वर्षीय सन्जोग भण्डारी र १८ वर्षीया प्रिति मडैलाई पक्राउ गरिएको जानकारी दिए।

उनीहरुको साथबाट शून्य दशमलव ७२ ग्राम चरेश र शूल्य दशमलव १५ ब्राउन सुगर बरामद गरिएको उनले बताए । पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२४ चैत २०७७, मंगलवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु