कर्णालीमा एमालेका मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले राजीनामा दिएका छन् ।

एमालेको खनाल–नेपाल समूहका मन्त्रीहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामापत्र बुझाएका हुन् । मुख्यमन्त्री शाही माओवादी केन्द्रका हुन् ।

राजिना बुझाउनेमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा हुन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले राजीनामा दिने सहमति भएको थियो ।


२४ चैत २०७७, मंगलवार १४:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु