खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन्।

उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएका हुन। “खप्तड सडक चाँडो पिच गरिए यहाँ पर्यटकलाई सहज हुने छ, कालोपत्रको काम चाँडै सक्नुस।” मुख्यमन्त्री भट्टले भने,

अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा सञ्चालनमा रहेका योजना तोकिएको समयमै नसक्नेलाई कारवाही गरिने समेत बताए। निर्माणको जिम्मा लिने तर समयमै काम नसक्नेलाई कारवाही गरिने उनले बताए ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई मध्यनजर गर्दै कालोपत्रसहित निर्माण भईरहेको उक्त सडक एक वर्ष अगाडि करीब ७८ करोडको लागतमा ठेक्का भई काम भइरहेको छ। खप्तड यहाँको भू–स्वर्गको रुपमा परिचित क्षेत्र रही पर्यटकको प्रमुख रोजाइँको केन्द्र भए पनि खप्तड जाने बाटो नहुँदा पर्यटकीय सम्भावना ओझेलमा पर्दैआएको छ।

खप्तड सडक कालोपत्रसहित निर्माण सम्पन्न भए यहाँ आउने पर्यटकलाई सहज हुनुका साथै आयआर्जनमा पनि सहज हुने खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए। उनले भने, “खप्तडका नाममा धेरै राजनीति भयो, अब विकास गर्नुपर्ने बेला आएको छ, सडक सुविधा मात्रै पु¥याउन सके यहाँ लाखौँ पर्यटक भित्र्याउन सकिने छ।


२४ चैत २०७७, मंगलवार १३:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु