बर्दियामा नियन्त्रणमा : बाघलाई चिडियाखानामा राखियो
बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ। आज बिहान काठमाडौँ ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा राखिएको हो।
आइतबार साँझ उक्त बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो। यो बाघको आक्रमणमा परी आइतबार हात्ती चराउँदै गरेका माहुतेको मृत्यु भएको थियो।
२४ चैत २०७७, मंगलवार १३:४० बजे प्रकाशित












