अनेरास्ववियूका तीन नेतालाई कारबाही

अनेरास्ववियूका अध्यक्ष ऐन महरले तीन जना निवर्तमान सचिव आरती लामा, वसिम आलम र सुदेश पराजुलीलाई कारबाही गरेका हुन्। तीनै जनालाई अनेरास्ववियूको साधारण सदस्यबाट समेत निष्कासन गरिएको अध्यक्ष महरले जनाएका छन्।

अनेरास्ववियू अध्यक्ष महर ओली पक्षका हुन्। लामा, आलम र पराजुली एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन्। लामासहितका नेताहरूले १० चैतमा अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए। जसमा पराजुली अध्यक्ष, आलम सह–अध्यक्ष र लामा महासचिव रहेका थिए।

त्यसपछि अध्यक्ष महरले स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गरिएको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मंगलबार अध्यक्ष महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ संगठनको निर्देशनलाई अटेर र घोर अपमान गरी स्पष्टीकरण नदिएकाले उहाँहरूलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।


२४ चैत २०७७, मंगलवार १३:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु