देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएको मन्त्रालयका जनाएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३६ पुगेको छ । आज कोरोनाबाट थप चार व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । आज पुष्टि भएका संक्रमितको संख्या र मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुभन्दा उच्च रहेको मन्त्रालयले जनाएको छ ।
२३ चैत २०७७, सोमवार १७:१० बजे प्रकाशित












