पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको सुदूरपश्चिम संयोजकमा पन्त निर्वाचित
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको सुदूरपश्चिम प्रदेशको संयोजकमा संजय कुमार पन्त निर्विरोध निर्वाचित भएका छन्।
एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट उनी निर्विरोध निर्वाचित भएका हुन।
कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका हुन।
२२ चैत २०७७, आइतवार १७:१३ बजे प्रकाशित












