बैतडीमा आगलागीबाट घर जलेर नष्ट
बैतडीको सिगास गाउँपालिकाको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ। जिल्लाको गाउँपालिकाको वडा नम्बर एक बसेडाका महेन्द्र बहादुर कुँवरको घर जलेर नष्ट भएको हो।
आगलागी अहिलेसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको र प्रहरी घटानास्थल पुग्नै लागेको उक्त वडाका अध्यक्ष गगन सिंह धामीले जानकारी गराए।
उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने नभएको छ। घरधनी कुँवरका अनुसार शनिबार साँझ ४ बजेतिर पातल सामुदायिक वनमा लागेको आगो आज बिहान ६ बजेतिर घरमा लागेको हो।
२२ चैत २०७७, आइतवार १७:०० बजे प्रकाशित












