सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका पदाधिकारीले शपथ लिए

प्रदेश लोकसेवा आयोगका सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहराले पद तथा गोपनिएताको शपथ ग्रहण गरेका छन्।

बुधबार प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथ ग्रहण समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई पद तथा गोपनियताको शपथ गहण गरेका हुन।

प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेश प्रमुख पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई यही चैत ९ गते नियुक्त गरेका हुन।

यस्तैगरी, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुन्। नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ।


१८ चैत २०७७, बुधवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु