बैतडीमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु
बैतडीमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा ३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द मृत्यु भएको हो ।
घाइते चन्दको बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी गराउदै काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा उनको मृत्यु भएको बताए।
चैत १४ गते घरमै रहेका बेला आफैंले चलाएको बन्दुकको गोली घाँटीमा लागेर चन्द घाइते भएका प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको याले बताए । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको छ।
१८ चैत २०७७, बुधवार १४:३८ बजे प्रकाशित












