कैलालीमा १७ वटा सालका गोलिया बरामद

कैलालीमा १७ वटा सालको गोलिया बरामद गरिएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ बैदिपुरको एक घर १७ वटा सालको गोलिया बरामद गरेको हो।

मंगलबार सव डिभिजन वन कार्यालय बर्दगोरिया र सव डिभिजन वन कार्यालय साडेपानीको संयुक्त टोलिले स्थानीय कान्छो भुलको घरबाट उक्त काठ बरामद गरेको सहायक वन अधिकृत कृष्णबहादुर बोहराले जानकारी गराए ।

बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय बर्दगोरियाको कम्पाउन्डमा राखिएको सहायक वन अधिकृत बोहराले जानकारी गराए। कान्छो भुल भने फरार रहेको उनले बताए।


१८ चैत २०७७, बुधवार १३:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु