सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताको प्रयोगशालामा २३ जनाको परिक्षण गरिएको ३ जनामा कोरोना संक्रमण पु्ष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

संक्रमति हुनेहरुमा डोटीका एक जना र कैलालीका दुई जना पुरुष रहेका उनले बताए । उनिहरु केहि दिन अघि मात्रै भारतका बिभिन्न शहरहरुबाट कञ्चनपुरको सिमानाका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका हुँदै भित्रिएका थिए । हाल सेती प्रादेशिक अस्पतालको आईसियूमा ३ जना बिरामीको उपचार समेत भईरहेको उनले जनाएको छ ।


१३ चैत २०७७, शुक्रवार १५:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु