देशभर थप १५६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना कोभिड १९ संक्रमण पुष्टि भएको छ। देशभर ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुष्टि भएको छ।

प्रदेश १ मा ५ जना, वाग्मतीमा १०६ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा दुईजना र सुदूरपश्चिममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो केही समयदेखि वाग्मती प्रदेशमा संक्रमणको दर बढ्दै गएको छ। प्रदेश २ मा भने थप संक्रमण देखिएको छैन।

यस्तै, संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २४ जनाको मृत्यु भइसकेको छ।


१३ चैत २०७७, शुक्रवार १६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु