कैलालीमा लागु औषधसहित एक जना पक्राउ

कैलालीमा लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको गोदावरी नगरपालिका – १ वसन्तपुरका ४० वर्षीय चेतराज ऐर ९४० ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

ऐरको पसलबाट चरेश बिक्रि वितरण भइरहेको भन्ने सूचनाका आधारमा पसलमा खानतलासी गर्दा सो परिमाणमा लागु औषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराए । उनलाई पक्राउ गरी लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।


१३ चैत २०७७, शुक्रवार १५:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु