करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु
कञ्चनपुरमा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
शुक्रबार जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकका ४० वर्षीय तेजबहादुर डगौराको करेन्ट लागेर मृत्यु भएको हो । विद्युतीय मोटरको तारबाट करेन्ट लाग्दा डगौराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी गराए ।
१३ चैत २०७७, शुक्रवार १४:३५ बजे प्रकाशित












