विभाजन उन्मुख एमाले, आ-आफ्नै गतिविधि

नेकपा एमाले विभाजनको मोडमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किदै जाँदा धमाधम भ्रातृ संगठनका समानान्तर कमिटी गठन गरिएका छन्।

युवा, महिला र विद्यार्थी संगठनका अलग–अलग नेतृत्व चयन गर्दै आआफ्ना गतिविधिसमेत थालिसकिएका छन्। जसले पार्टी विभाजन नजिक पुगेको छ ।

नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनुअघिसम्म एमालेका भ्रातृ संगठन युवा संघ नेपाल, अखिल नेपाल महिला संघ र अनेरास्ववियु प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीनिकटको नेतृत्वमा थिए।

तर सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै यही फागुन २३ गते पुरानै दुई पार्टी पुर्स्थापनाको फैसला गरेयता एमालेभित्र ओली र नेपाल पक्षबीच चर्को द्वन्द्व सुरु भएको हो।

खासगरी अध्यक्ष ओलीले फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यको मात्र बैठक राखेर नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएपछि विवाद उत्कर्षमा पुगेको हो।

त्यसयता विरोधमा अलग्गैै भेलारबैठक गरिरहेको नेपाल पक्षले आफूअनुकूल नेताका जिम्मेवारी तोक्दै भ्रातृ संगठनका छुट्टै कमिटी गठन तथा गतिविधि सञ्चाल गरिरहेको हो।

एमालेमा २२ वटा जनवर्गीय संगठन छन्। पार्टीमा देखिएको विभाजनको असर ती सबै संगठनमा परेको छ।


१३ चैत २०७७, शुक्रवार ०७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु