भीरबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु

भीरबाट लडेर घाइते भएकी अछाममा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटकी ४४ वर्षीया भानादेवी ठकुल्लाको उपचारको क्रममा काठमाण्डौँमा मृत्यु भएको मृतकका श्रीमान वीरबहादुर ठकुल्लाले जानकारी गराए ।

यही चैत ७ गते घर नजिकैको गणेलदेव जंगलबाट स्याउँला ल्याउने क्रममा भीरबाट लडेर उनी घाइते भएकी थिइन्।

त्यसपछि भानादेवीको वयालपाटा अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै काठमाण्डौँ वीर अस्पतालमा उपचारका लागि लगिएको थियो।


१२ चैत २०७७, बिहीवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु