भारतको स्पष्टोक्ति : खोप निर्यातमा बन्देज लगाइएको छैन

भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको एक उच्च अधिकारीको दाबी छ ।

साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने ती अधिकारीको भनाइ छ ।

उनले भने, ‘सप्लाई गर्ने सेडुलमा केही एडजस्ट हुनसक्ने र त्यसमा सबै सरोकारवालाले सहकार्य गर्ने अपेक्षासमेत भारतले गरेको छ ।’

उनक अनुसार भारतले अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध गराएको छ ।

 


१३ चैत २०७७, शुक्रवार ०८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु