सुनको मूल्य यथावत, कति छ ?
बजारमा सुनको मूल्य आज यथावत छ । सुन आज पनि प्रतितोला ८६ हजार सात सय रुपैयाँमा कारोबार भैरहेको छ ।
सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य स्थीर भएपनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ४० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
११ चैत २०७७, बुधवार ११:५५ बजे प्रकाशित












