भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु

भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाकाे बान्निगढी जयगढ गाउँपालिका -६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको भीरबाट लडेर मृत्यु भएको हो ।
घरबाट विद्यालय जाँदै गर्दा भीरबाटो भन्ने ठाउँमा करिब १ सय ५० मिटर तल खसेर गम्भीर घाईते भएकी उनलाई बयलगडा अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।


१० चैत २०७७, मंगलवार १३:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु