ओली थप शक्तिशाली बन्दै, दिइँदैछ यतिसम्मको अधिकार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने प्रस्तावमा छलफल अगाडि बढाएको छ ।

संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेका व्यक्तिको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्षलाई नै दिने प्रस्तावमा छलफल भइरहेको क नेताले जानकारी दिए।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको निर्णयको जिम्मेवारी र केन्द्रीय कमिटी सदस्यको मनोनयन तथा कारबाहीको अधिकार पनि अध्यक्ष ओलीलाई नै दिने प्रस्ताव बैठकमा पेश भएको छ ।

यसअघि बिहान बसेको संसदीय समितिको बैठकले संसदीय दलको उपनेता बर्खास्ती र नियुक्तिको अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो ।


७ चैत २०७७, शनिवार १८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु