डोटीमा मोटरसाइकल दुर्घटना : तीन प्रशिक्षार्थी प्रहरी जवान गम्भीर घाइते

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना प्रशिक्षार्थी प्रहरी गम्भीर घाइते भएका छन् ।

तीन जना सवार म २ प ४६७४ नम्बरको पल्सर मोटरसाइकल दिपायल सिलगढी नगरपालिका– ४ सुनगणा (ट्राफिक कार्यालय नजिक) दुर्घटना भएको हो ।

प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदको तालिम गरिरहेका २० वर्षीय दल बहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट, २१ वर्षीय दिपेन्द्र खड्का घाइते भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताए ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। डोटीमा उपचार सम्भव नभएपछि उनीहरुलार्ई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लग्ने तयारी भैरहेको छ ।


७ चैत २०७७, शनिवार १८:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु