माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
गुटगत गतिविधि गरेको भन्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
गुटगत गतिविधि गरेर पार्टी विधान विपरितका काम गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
स्पष्टीकरणबाट चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने निर्णय भएको बताइएको छ ।
७ चैत २०७७, शनिवार १८:०६ बजे प्रकाशित













