टीकापुरमा कोइला बोकेको ट्रक दुर्घटना, चालक घाइते

कैलालीको टीकापुरमा कोइला बोकेको भारतीय नम्बर प्लेटको ट्रक दुर्घटनामा भएको छ ।

टीकापुर नगरपालिका-४ स्थित टीकापुर-लम्की सडकखण्डमा यू पी ३१ ८१५९ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

कोइला ल्याएर खक्रौलाबाट टीकापुर आउँदै गरेको सो ट्रक शुक्रबार राति ८ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताए ।

दुर्घटनामा परी ट्रक चालक भाइते भएका छन् । उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


७ चैत २०७७, शनिवार ०९:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु