१९ वर्षीया युवतीलाई गर्भवती बनाएको अभियोगमा ६० वर्षीय बृद्ध पक्राउ

१९ वर्षीया एक युवतीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको अभियोगमा बृद्धलाई प्रहरीले  पक्राउ गरेकाे छ ।

कैलालीको टीकापुर नगरपालिका–४ का ६० वर्षीय बृद्ध ठ्याउके दमाईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

ईलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक अरुण बमले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा दमाईलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी गराए ।

उनकाअनुसार घटना करिब ५ महिना अघिको भएपनि हाल मात्रै सार्वजनिक भएको थियो। ती युवतीको ५ महिनाको गर्भ समेत रहेको बुझिएको प्रहरीको बताए ।

दमाईलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


६ चैत २०७७, शुक्रवार १०:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु