फ्रान्समा कोरोनाको तेस्रो लहर सुरु, एक महिना लकडाउन घोषणा

फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि राजधानी पेरिसमा एक महिनाको लकडाउन घोषणा गरिएको छ।

पेरिससँगै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन लागू हुने छ।

फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले अहिलेको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध भने नरहने बताएका छन्।

फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसका ३५ हजार नयाँ संक्रमित फेला परेका छन्।


६ चैत २०७७, शुक्रवार ०९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु