होटलमा महिला मृत्यु प्रकरण : माइती पक्षले दिए श्रीमानविरुद्ध उजुरी

धनगढीको सोराइ होटलमा मृत अवस्थामा भेटिएकी कञ्चनपुरकी कमला रोकायाका श्रीमानविरुद्ध उनका माइती पक्षले उजुरी दिएका छन् ।

उनीहरुले कमलाले आत्महत्या गरेको नभई हत्या गरिएको भन्दै उनका श्रीमानविरुद्ध उजुरी दिएका हुन् । मृतक महिलाका श्रीमानविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएका छन।

माइती पक्षले कोठामा दुवै जना साथमै हुँदा पनि उनका श्रीमानले आत्महत्या किन गर्न दिए, मृत्युपछि पासो फुकाउनुको सट्टा पहिले नै किन फुकाएनन्, मृत्युपश्चात मात्रै किन पासो फुकाए, नफुकाउनुपर्ने, प्रहरी आउन दिनुपर्ने, यदी कमलालाई आत्महत्या गर्नु थियो भने उनका श्रीमान आउँदासम्म किन गरिनन्, आइसकेपछि मात्रै किन गरिन् भन्दै आशंका व्यक्त गरेको प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुुुसार घटनापछि उनीसँगै विगत केही दिनदेखि होटलमा बसेका श्रीमान सुर्जल रोकायालाई नियन्त्रणमा लिएर थप अनुसनधान भइरहेको छ ।


५ चैत २०७७, बिहीवार १९:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु