श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

कञ्चनपुरमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ विजयटोलका ४५ वर्षीय मान सिंह दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले चैत २ गते ( सोमबारं ) मादक पदार्थ सेवन गरेर ४४ वर्षीय श्रीमती पान्सरी दमाईमाथि कुटपिट गरेका थिए। श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी पान्सरीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार अदालतबाट ५ दिनको म्याद थप गरी पक्राउ परेमा दमाईमाथि अनुसन्धान भइरहेको छ ।


५ चैत २०७७, बिहीवार १६:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु