दैनिक बढ्दै सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य दैनिक बढ्दै छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार दुई सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चादीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ९० मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


५ चैत २०७७, बिहीवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु