धनगढीको सोराइ होटेलमा एक महिला मृत फेला
धनगढीको सोराइ होटलमा एक महिला मृत फेला परेकी छन् ।
केही दिनदेखि श्रीमान् सुर्जन रोकायासँगै होटलमा बास बसेकी कमला बिष्ट रोकाया गएराति होटलमै मृत अवस्थामा फेला परेकी हुन ।
कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार घटनापछि प्रहरी टोलीले घटनास्थल सुरक्षित गरी थाप अनुसन्धान गरिरहेको छ ।
मृतकका श्रीमान् सुर्जन रोकायालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले निगरानीमा राखेको उनले बताए । उनीहरु लामो समयदेखि भारतको अमृतसर पञ्जाबमा बस्दै गरेको र जग्गाको कारोबारका लागि हालै नेपाल भित्रिएको बुझिएको छ ।
मृतकका १ छोरा र १ छोरी छन् । दुवै जना छोराछोरी भने भारतको पञ्जाबमै रहेका छन् ।
५ चैत २०७७, बिहीवार ०९:१६ बजे प्रकाशित













